बिराटनगर भदौ १५ , बिराटनगरमा नक्कली नोटको प्रयोग बढेको प्रहरीले अनुमान गरेको छ । मंगलबार बिराटनगर १५ स्थित एस लाल पेट्रोल पम्पमा पेट्रोल भर्न आएका एक व्यक्तिबाट १ हजार रुपैयाको नक्कली नेपाली पैसा फेला परेको छ ।बिराटनगर-१३ घर भएका प्रदिप मेहताबाट उक्त नोट हात परेको हो । महतालाई प्रहरीले पक्राउ गरि सोधपुछ गरिरहेको छ । केहि समय अघि देखि बिराटनगरमा नकाल्ली नोट भेटिन थालेका छन् ।