एकल महिलाहरुलाई साडी वितरण

<span class='c1'>एकल महिलाहरुलाई</span> <span class='c2'>साडी वितरण</span>

विराटनगर, १५ भदौ ÷ आउँदै गरेको तीज पर्वलाई लक्षित गरि सामुदायिक प्रहरी सेवा केन्द्र रानी विराटनगर २० ले आर्थिक विपन्न भएका एकल महिलाहरुलाई साडी वितरण गरेको छ ।
केन्द्रले बुधबार विराटनगरमा एक कार्यक्रम आयोजना गरि विराटनगरको विभिन्न वाडहरुमा बसोबास गर्ने एकल तथा वृद्धा महिलाईहरुलाई ३५ थान साडी वितरण गरेको हो ।
सामुदायिक सेवा केन्द्रले बुधबार आफ्नै प्राङ्गगनमा एक कार्यक्रम आयोजना गरि विराटनगरको १९,२०,२१ र २२ नम्बर वाडमा बसोबास गर्ने एकल तथा वृद्धा महिलाईहरुलाई ३५ थान साडी वितरण गरेको सेवा केन्द्रका अध्यक्ष किशोर सुब्बाले जानकारी दिनुभयो ।
वृद्धा महिलाहरुलाई इलाका प्रहरी कार्यलय रानी विराटनगरका प्रहरी निरीक्षक जागेश्वर भण्डारी, जुट मिलका डाईरेक्टर तथा समाजसेवी किशोर बहादुर साही, , समाजसेवी तथा कृपा लक्ष्मीका निर्देशक अमृत गुरुङ्ग महिला संरक्षण मञ्चकी अध्यक्ष निर्मला श्रेष्ठले संयुक्त रुपमा साडी वितरण गर्नुभएको थियो ।

आर्थिक विपन्नमा परि नारीहरुको महान चाडमा साडी लगाउन नपाएका त्यस्तो वृद्धाहरुको खोजी गरि साडी वितरण गरिएको केन्द्रका अध्यक्ष किशोर सुब्बाले बितरण गरेको बताउनुभयो । साडी वितरणसँगै उनीहरुलाई केन्द्रले सामूहिक रुपमा दर समेत खुवाएको थियो । साडी पाएपछि महिलारु हर्षित मुन्द्रमा देखिन्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्