बिराटनगर भर्दा १६ ,
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकार गठनका क्रममा भएको तीन बुँदे सहमति अनुसार संविधान संशोधन नभए अहिलेको सरकारलाई काँध थापेर नबस्ने चेतावनी दिनुभएको छ । संविधान संशोधन नेपालको आन्तरिक मामिला भएकोले अन्य मुलुकको हस्तक्षेप सैह्य नहुने पनि यादवको कथन छ ।
बिहीवार विराटनगरमा संघीय समाजवादी फोरम मोरङले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उपेन्द्र यादवले संविधान संशोधन गरी सीमांकन तथा राजनैतिक समस्या समाधान गर्ने उद्देश्यले सरकार गठन गरिएकोले तत्काल प्रक्रिया प्रारम्भ गर्न आग्रह गर्नुभयो । उहाँले संविधान संशोधन हुने स्थिति नभए विगतको सरकार जस्तै यो सरकार पनि लामो अवधि नचल्ने दाबी गर्नुभयो ।
अध्यक्ष यादवले सीमांकन तथा राजनीतिक मुद्दाहरु समाधान गरेर मात्र स्थानीय तहको निर्वाचन गराउनु पर्नेमा संघीयताको मुल मर्म विपरित स्थानीय तहको सीमांकन हुनु गलत भएको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा सहभागीहरुले सरकारले तीन बुँदे सहमति कार्यान्वयनमा ढिलाई गरेकाले समर्थन फिर्ता लिन नेतृत्वलाई आग्रह गरेका थिए ।