पत्रकारीता र साहित्यको क्षेत्रमा निरन्तर कार्यरत कृष्णविनोद लम्साललाइ पुरस्कृत

पत्रकारीता र साहित्यको क्षेत्रमा निरन्तर कार्यरत कृष्णविनोद लम्साललाइ पुरस्कृत

पिताम्वर खिलेश्वरी स्मृति प्रतिष्ठानले तिन दशक देखि पत्रकारीता र साहित्यको क्षेत्रमा निरन्तर कार्यरत कृष्णविनोद लम्साललाइ पुरस्कृत गरेको छ ।
आज विराटनगरमा एक समारोहको आयोजना गर्दै प्रतिष्ठानले बरिष्ठ पत्रकार तथा साहित्यकार लम्साललाइ पुरस्कृत गरेको हो । पत्रकारीता तथा साहित्यको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै भाषाशास्त्री बालकृष्ण पोखरेलले लम्साललाइ पाँच हजार नगद राशि सहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
पत्रकारीताको क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाइ विगत २८ वर्ष देखि सम्मानि तथा पुरस्कृत गर्दै आएको प्रतिष्ठानले यस वर्षको खिलेश्वरी पत्रकारीता पुरस्कार लम्साललाइ प्रदान गरेको हो । अग्रज पत्रकार स्वर्गीय कोषराज रेग्मीले आफ्ना माता पिताको नामबाट सो पुरस्कार स्थापना गर्नुभएको हो । कार्यक्रममा बोल्दै बरिष्ठ पत्रकार लम्सालले आफ्नो काम र योगदानको मुल्याङ्कन गर्दै विभिन्न संघसंस्थाले गर्ने सम्मान तथा पुरस्कारले आफुलाइ थप जिम्मेवार बनाएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्