काठमाडौं, पूर्वराजा ज्ञोनेन्द्र शाह बस्दै आएका नागार्जुन दरबारमा सरकारले बत्तीको लाईन काटेको छ । दरबारले तिर्नुपर्ने बाँकी बक्यौतालाई कारण देखाउँदै उर्जा मन्त्रालयले दिएको निर्देशनमा विद्युत प्राधिकरणले हिजो बिजुली काटेको हो ।
गणतन्त्रको घोषणापछि सरकारको निर्णयमा सरकारकै स्वामित्वमा रहेको नागार्जुन दरबार बस्नका लागि ज्ञानेन्द्र शाहलाई उपलब्ध गराएको थियो ।
भूकम्पले क्षतविक्षत भएर बस्ने अवस्था नभएपछि पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र निर्मल निवासमा बस्दै आएका छन्। केहि दिन अधि सरकारले पूर्वमुमाबडामहारानी रत्नराज्य लक्ष्मी बस्दै आएको महेन्द्र मञ्जिलको पनि बिजुलीको लाइन काटेको थियो ।