वृद्धाश्रममा जेसिज को दर

<span class='c1'>वृद्धाश्रममा जेसिज</span> <span class='c2'>को दर</span>

बिराटनगर जेसिजले महिलाहरु को महान चाड तिजको अवसर पारेर मलाया रोड बिराटनगरमा रहेको बिराटेश्वर वृद्धाश्रममा आमाहरुलाइ बिभिन्न मिष्ठान भोजन सहित दर खुवाएको छ । बिराटनगर जेसिजकि अध्यक्ष जेसि भगवति कालिकोटे को अध्यक्षता तथा वरिष्ठ समाजसेवि मिना जोशीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा बिराटनगर जेसिजका उपाध्यक्ष जेसि रमित श्रेष्ठले स्वागत मन्त्वय राख्नु भएको थियो भने कार्यकारीणि उपाध्यक्ष जेसि राजेन्द्र थपलियाले  कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो ।
त्यस्तै बिराटनगर जेसिजका पुर्व अध्यक्ष जेसि सुन्दर राज मास्केले जेसिजले आमा हरुलाइ सम्झेर कार्यक्रम गरेर आमाहरु लाइ खुशी बनाएकोमा सुभकामना दिनु भएको थियो त्यस्तै प्रमुख अतिथी मिना जोशी ले यस्ता कार्यक्रम ले निश्चित रुप मा आफ्ना सन्तान देखी टाढा रहेका आमाहरुको मुहारमा खुशी छाउने र बिरहका गित मात्र गाएर बस्ने आमाहरु लाइ चाड्बाडमा आफ्नो पनको महसुस गराउन कार्यक्रम आयोजना गरेको मा शुभकामाना व्यक्त गर्नु भएको थियो ।
बिराटनगर जेसिज कि अध्यक्ष जेसि भगवती कालिकोटेले चाडबाडको दिन आमा हरु सगै रमाउन आमाहरुको मुहारमा हासो ल्याउन र आफ्ना छोराछोरी देखी टाढा भएका आमाहरुलाइ जन्म दिने छोरा छोरीले साथ नदिए नि रगतको नाता नभए नि अन्य छोराछोरी नि छ्न जसले कहिले बिर्सदैन्न भन्ने आभास दिलाउन कार्यक्र्म गरिएको र आमाहरुको साथमा आफुहरु सदैव रहने बिश्वास दिलाउदै उपस्थिति सबैलाइ धन्यवाद दिनु भएको थियो ।
उक्त अवसरमा बिराटनगर जेसिजका पदाधिकारी सहित सदस्यहरु जुनियर जेसिज अध्यक्ष अबिनाश थापा सहितका जुनियर जेसिजहरु लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्