विराटनगर उपमहानगरपालिकाले बौद्धिक बर्गको कुरा नसुन्ने गुनासाे

<span class='c1'>विराटनगर उपमहानगरपालिकाले बौद्धिक बर्गको</span> <span class='c2'>कुरा नसुन्ने गुनासाे</span>

विराटनगर उपमहानगरपालिकाले बौद्धिक बर्गको कुरा नसुन्ने गरेको विराटनगरका बुद्धिजिविहरुले गुनासो गरेका छन् ।
एलिट क्लबले आज विराटनगरमा आयोजना गरेको घरजग्गा कर सम्बन्धी छलफल कार्यक्रममा सहभागि बुद्धिजिविहरुले यस्तो गुनासो गरेका हुन् । कार्यक्रममा बोल्दै उनिहरुले उपमहानगरपालिकाले बुद्धिजिविहरुसंग सल्लाह नै नगरी एकलौटी ढंगबाट कर बृद्धि गरेको बताए । कार्यक्रममा बोल्दै बुद्धिजिवि तिलक रिजालले नगरपालिकाले कर बृद्धि गर्नेबेलामा विराटनगरका बुद्धिजिविहरुसंग कुनै सल्लाह नगरेको तर अहिले भने बुद्धिजिविहरुलाइ गुहार्नुको कुनै तुक नभएको बताउनुभयो । कार्यक्रममाबोल्दै एलिट क्लवका अध्यक्ष डाक्टर भेषप्रसाद धमलाले उपमहानगरपालिकाले बढाको कर अर्थशास्त्रिय दृष्टीकोषणबाट हेर्दा उल्टो तरिकाबाट बृद्धि भएको बताउनुभयो । धेरै तिर्नेलाई कम र थोरै कर तिर्नेलाई बढि कर लगाउनु गलत भएको उहाले बताउनुभयो । नगरपालिका नागरिक मैत्री नभएको अर्का बुद्धिजिवि चिरञ्जिवी दाहालले बताउनुभयो । अव्यवहारिक करले नगरबासीलाई आघात पुगेको उनको गुनासो छ । त्यस्तै कार्यक्रममा बोल्दै पब्लीक फोरमका अध्यक्ष उत्तम ढुङ्गेलले विकास निर्माणका क्रममा सास्ती भोगेका नागरिकलाइ करमा छुट दिएर राहत महसुस गराउनुपर्नेमा नगरपालिकाले उल्टै साना करदातालाइ कर बढाएर ढाड सेक्ने काम गरेको बताउनुभयो । राजनीतिक दलका नेत र उप–महानगरपालिकाका कार्यकारी प्रमुख गोपाल रेग्मीले जनतालाई अन्योलमा राखेको उत्तम ढुङगेलको गुनासो छ । विराटनगर उपमहानगरपालिकाले वृद्धि गरेको घरजग्गा करको चौतर्फी विरोध भएपछि अर्थशास्त्री डा. भेषप्रसाद धमलाको संयोजकत्वमा सुझाव समिति गठन गरिएको छ । उपमहानगरपालिकाले एकतर्फी रुपमा कर वृद्धि गरेको भन्दै राजनीतिक दल, नागरिक समाज र नगरबासीले विरोध गरेपछि कर परिमार्जनका लागि सुझाव समिति गठन गरिएको हो । समितिलाइ ७ दिनभित्र सुझाव दिन समय दिइएको भएपनि त्यो थोरै भएकाले समय थप गरिनु पर्ने संयोजक धमलाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्