५ लाख नबुझाए सम्म शव नदिने बच्चाको

<span class='c1'>५ लाख नबुझाए सम्म</span> <span class='c2'>शव नदिने बच्चाको</span>

14191868_10206914882739304_1704358260_o

प्रेम देवान
विराटनगर १८ भदौ,
बिराटनगरको न्यूरो कार्डियोलोजी अस्पतालमा ब्रेन्ट्यूमरको उपचार गराई रहेको एक बालकको मृत्यू भएपछि उनका आफन्तहरुले अस्पताल प्रशासन घेराउ गरेको छन् । ५१ दिन अघि मोरङ्गको कद्माहा ७ कमलपुर बाट उपचार का लागी न्यूरो अस्पताल बिराटनगर मा भर्ना गराएका २ बर्षीया राजा सिंहको उपचारको क्रममा अस्पताल भर्ना गरेको ५१ दिनमा मृत्यू भएको थियो । मृतकका आफन्तले भने अस्तालको लापरबाहिका कारण आफ्नो २ बर्षीय छोराको ज्यान गएकोले उपचरामा संम्लग्न डाक्टरलाई कारबाहिको माग गरेका छन् । अस्पताल प्रशासनले भने उपचारमा लापरबाहि नभएको बताएको छ । बे्रन ट्यूमरको उपचार गराउँदा एक लाख ३० हजार लागेको र आइसियूमा राखेर उपचार गराउँदा अरु ५ लाख भन्दा बढिको बिल बनेको बताउँदै आफ्न्तलाई रकम नदिए सम्म शव नदिएको अस्पतल प्रशासन प्रमुख राजेश भट्राईले बताए । उपचारको क्रममा २ बार्षीय छोराको मृत्यू भएपछि अस्पताले भने उपचरा गराउँदाको बाँकि रकम माग गरेका कारण आफन्तले छोराको सब पाउन सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्