नेपाल राष्ट्रिय बुद्धिजिवि संगठन मोरङकाे भेला सम्पन्न

<span class='c1'>नेपाल राष्ट्रिय बुद्धिजिवि संगठन</span> <span class='c2'>मोरङकाे भेला सम्पन्न</span>

१० वटा माओवादी संगठनहरुको एकता पश्चात आज नेपाल राष्ट्रिय बुद्धिजिवि संगठन मोरङले समेत एकता भेला सम्पन्न गरेको हो । भेलाको उद्घाटन गर्दै माओवादी केन्द्रका केन्द्रीय कार्यलय सदस्य मणि थापा समाज रुपान्तरणमा बुद्धिजिविहरुको महत्वपुर्ण योगदान रहने बताउनुभयो । उहाले बुद्धिजिविले किताब पढेर मात्रै हैन आफ्नो ज्ञानलाइ देश विकासको पाटो र परिवर्तमा उतार्नुपर्नेमा जोड दिनुभयो । नेपालमा विभिन्न चरणमा भएका आन्दोलनले बुद्धिजिविलाइ अस्वीकार गर्ने र बुद्धिजिविहरुले समेत ति आन्दोलनलाइ अस्वीकार गर्नाले देशमा राजनितिक परिवर्तन उचित ढंगले हुन नसकेको उहाले बताउनुभयो । देशलाइ बौद्धिक राजनेताको खाचो परेका हुनाले सबैले देशलाइ केन्द्रमा राखेर काम गर्नुपर्ने उहाले बताउनुभयो । कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार प्राध्यापक डाक्टर गणेश क्षेत्रीले पार्टि एकता केमिकल कम्पाउण्डको आधारमा हनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा अधिवत्ता हेमराज पन्त, स्नातकोत्तर क्याम्पस विराटनगरका क्याम्पस प्रमुख प्राध्यापक डाक्टर मनोज राउत, माओवादी केन्द्रका केन्द्रीय सदस्य संकर राइ, गणेश उप्रेति लगायतले बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्