सर्वतम् सिमेन्टले कामदारलाई धम्क्याएको आरोप

<span class='c1'>सर्वतम् सिमेन्टले कामदारलाई</span> <span class='c2'>धम्क्याएको आरोप</span>

नवलपरासीमा रहेको सर्वतम् सिमेन्ट कारखानामा कार्यरत कर्मचारी तथा मजदुरलाई कम्पनीले समयमा तलब नदिएको, कुनै दिन छुट्टि नदिई काम गराएको  र आफुले काम गरेको अनुसारको सेवा सुविधा माग्दा धम्की दिएको आरोप त्यहाँ कार्यरत कर्मचारीहरुले लगाएका छन् । कम्पनीमा इन्जिनियरको रुपमा कार्यरत राहुल थापाका अनुसार कम्पनीमा कामदारमाथि भइरहेको हेपाह प्रचलनको बिरुद्ध सबै कर्मचारी एक भई आफ्नो हक हितको रक्षाका लागि कर्मचारी युनियन खोल्ने क्रममा युनियनमा अध्यक्ष रहने कर्मचारीलाई जागिरबाट निकालिएको थियो । कर्मचारीहरुले आफ्नो माग राखेर कम्पनी परिसरमा शान्तिपूर्ण धर्ना तथा दबाबमुलक कार्यक्रम पनि गरेका थिए तर त्यसको बदलामा उल्टै कर्मचारीहरुलाई भड्काउने , धम्क्याउने काम कम्पनीले गरेपछि राहुलले युवाहरुमाझ लोकप्रिय मेन्स रुम रिलोडेडमा आफ्नो र आफ्ना कामदार साथीहरूको पिडा व्यक्त गरेका थिए । उनिहरुले आफुलाई गरेको व्यवहारको सबै सम्बन्धित निकायलाई जानकारी गराएपनि कतैबाट केहि सहयोग नपाएको गुनासो गरे । अझ आफ्नो परिवारलाई समेत धम्क्याउने काम उक्त कम्पनीले गरेको राहुलले बताएका छन । आफ्नो जायज माग रहेकाले सबैलाई सहयोग गर्न उनलेे अनुरोध गरे ।

[caption id="attachment_24806" align="alignnone" width="720"]gyapan patra sarwaktam कामदारले कम्पनीलाई दिएको ज्ञापन पत्र[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्