भारतीय कम्पनिले अरुण तेस्रो र माथिल्लो कर्णालीमा लगानी जुटाउन सकेन

<span class='c1'>भारतीय कम्पनिले अरुण तेस्रो र</span> <span class='c2'>माथिल्लो कर्णालीमा लगानी जुटाउन सकेन</span>

प्रबिन दाहाल

काठमाण्डौ

 
अरुण तेस्रो र माथिल्लो कर्णालीमा भारतीय कम्पनीले लगानी जुटाउन नसकेको बताईएको छ ।
नेपालका दुई ठूला आयोजना अरुण तेस्रो र माथिल्लो कर्णालीका प्रवर्द्धक दुई भारतीय कम्पनी जीएमआर र एसएभीएन तोकिएको समयमा लगानी जुटाउन असफल भएका छन् ।
फाइनान्सियल क्लोजर गर्न नसकेपछि उनीहरुले लगानी बोर्डमा एक वर्ष समयावधि थप गर्न प्रस्ताव पठाएको लगानी बोर्डले जनाएको छ । परियोजना विकास सम्झौता (पीडीए) अनुसार आगामी केही महिनाभित्रै दुबै कम्पनीले फाइनान्सियल क्लोजर गरिसक्नुपर्ने छ । फाइनान्सियल क्लोजिङ गर्न नसकेको खण्डमा सम्झौता खारेज हुने कानूनी व्यवस्था छ ।

माथिल्लो कर्णालीमा जीएमआरले लगानी जुटाउनुपर्ने म्याद सकिन अब १५ दिनमात्र बाँकी छ भने अरुण तेस्रोमा एसजेभीएनको आगामी पुससम्मको म्याद छ । करिब ७ महिनाअघि जीएमआरले र केहीदिन अघिमात्रै एसजेभीएनले एक वर्ष म्याद थप्न लगानी बोर्डलाई आग्रह गरेका छन् ।
भूकम्प, मधेस आन्दोलन र नेपालको राजनीतिक अस्थिरताका कारण तोकिएको समयमा वित्तीय व्यवस्थापन गर्न नसकिएको भन्दै उनीहरुले समयावधि थप गर्न माग गरेका हुन् ।
विभिन्न अन्तरराष्ट्रिय बैंक तथा वित्तीय संस्थाले माथिल्लो कर्णालीमा लगानी गर्नका लागि आवश्यक १ खर्ब ३९ अर्ब रुपैयाँमध्ये १ खर्ब १० अर्ब रुपैयाँसम्म लगानी गर्ने आशयपत्र दिएको लगानी बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्