मोरङको मझारेमा आगलागी, आगोले पोलेर दुई घाइते

<span class='c1'>मोरङको मझारेमा आगलागी, आगोले</span> <span class='c2'>पोलेर दुई घाइते</span>

मोरङ, भाद्र २०

मोरङको मझारे गाबिस-५ स्थित डकैता टोलमा आइतबार आगलागी हुँदा अन्दाजी ६ लाख बराबरको क्षति भएको छ भने आगो निभाउने क्रममा दुई जना घाइते भएका छन्।

स्थानीय महेन्द्र मण्डलको गाई गोठमा राती ११ बजेतिर लामखुट्टे भगाउन बालेको आगो सल्कीन गई उनको १ वटा गाई, १ वटा गोरु जलेर मरेका छन्।

आगलागीबाट छिमेकी मिनराज गन्गाईको गोठ र गोठमा बाधेको बाछा, पर्षुराम मण्डलको गोठ, रम्बादेबी गन्गाईको काठको खम्बा टिनको छानो भएको घर घरभित्र भएको नगद रु ५० हजार तथा १ वटा गाई समेत जलेर मर्दा अन्दाजी ६ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीको टोली र स्थानीयबासीको प्रयासमा १२ बजे नियन्त्रणमा लिएको छ। आगो निभाउने क्रममा महेन्द्र मण्डल, मिनराज गन्गाई सामान्य घाइते भएका छन्। यता खोटाङको काउले-८ स्थीत हुमापोखरी बस्ने राज कुमार श्रेष्ठको घरमा आइतबार विहान खाना पकाउने क्रममा आगलागी भएको छ।

आगलागीबाट उनको घर तथा घरभित्र भएको सम्पुर्ण सामान समेत जल्दा ९९ हजार बराबरको क्षति भएको बताइएको छ। आगलागी प्रहरी र स्थानीय मानिसको प्रयासमा नियन्त्रण लिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्