दोलखामा आज दुई वटा परकम्प

दोलखामा आज दुई वटा परकम्प

दोलखा केन्द्रविन्दु भएर आज विहानै दुई वटा परकम्प गएको छ । आज बिहान ६ बजेर २२ मिनेटमा ४ दशमलव १ तथा ७ बजेर ४९ मिनेटमा ४ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

dolakhaयसअघि साउन ८ गते राति ११ बजेर ५९ मिनेटमा गोरखा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको परकम्प गएको थियो । यस्तै, गएको ११ गते बाजुरा केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो । गत वर्ष, वैशाख १२ गते ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि त्यसको परकम्प अझैपनि आइरहेको हो । सुरुका दिनमा सयौं परकम्प जाने गरेपनि अहिले कम हुदैं गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्