संजिवनी अस्पतालको सुभारम्भ पत्रकारलाई ५० प्रतिशत छुट

संजिवनी अस्पतालको सुभारम्भ पत्रकारलाई ५० प्रतिशत छुट

प्रेम देवान
विराटनगर, २० भदौ । निजी अस्पतालको प्रतिष्पर्धामा विराटनगरमा एउटा नयाँ अस्पताल सञ्चालनमा आएको छ । सर्वसाधारण र विपन्न वर्गलाई लक्षित गर्दै अस्पताल सञ्चालनमा ल्याइएको अस्पतालले सोमबार अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी संजिवनी हस्पिटल एण्ड आई.भि.एफ. सेन्टरका अध्यक्ष राजकुमार मण्डलले जानकारी दिनुभयो
। कांग्रेस नेता तथा पूर्वसञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले रिवन काटी अस्पतालको शुभारम्भ गर्नुभएको हो । अत्याधुनिक उपकरण, दक्ष एवं विशेषज्ञ डाक्टर र अनुभवी कर्मचारीले अस्पतालमा सेवा पु¥याउने अस्पातालले जानकारी दिइएको छ । अस्पतालले देशका विपन्नहरुलाई लक्षित गरेर पहाडी र ग्रामिण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने र सस्तो गुणस्तरीय उपचार सेवाका लागि प्रतिबद्ध रहेको जनाएको छ ।
अस्पतालले विपन्नलाई दिनुपर्ने दश प्रतिशत निःशुल्क उपचार गर्ने तथा सञ्चारकर्मीलाई उपचारमा ५० प्रतिशत छुट दिने अस्पतालका अध्यक्ष मण्डलले जानकारी दिनुभयो । अस्पतालमा गाइनो तथा प्रसूती, जनरल, मेडिसिन, हाडजोर्नी, नाक, कान, घांटी, शल्यक्रिया, पेडियाट्रिक, रेडियोलोजी, प्याथोलोजी तथा २४ सै घण्टा इमर्जेन्सी सेवा सुचारु गर्ने अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्