भारतीय ट्याङकरको ठक्करबाट बिराटनगरमा एकको मृत्यु

भारतीय ट्याङकरको ठक्करबाट बिराटनगरमा एकको मृत्यु

बिराटनगर, भाद्र २१

बिराटनगर-८ शनिमन्दिर चौकमा हिजो विहान भारतीय ट्याङकरको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ। ठक्करबाट अर्का एक जना घाइते भएका छन्।

धरान-बिराटनगर सडक खण्डस्थित शनिमन्दिर चौकमा उत्तरबाट दक्षीण तर्फ जादै गरेको WB-11-A-8286 नम्बरको ट्याङकरले सोही दिशाबाट आउदै गरेको को १३ प ५३३४ नम्बरको स्कुटरलाई विहान १० बजे ठक्कर दिएको हो।

दुर्घटनामा स्कुटर पछाडी सवार विराटनगर-४ बस्ने ६६ वर्षिय भोजराज कोइरालाको न्युरो अस्पताल विराटनगरमा उपचारककाक्रममा विहान ११ बजे मृत्यु भएको छ।

ठक्करबाट खोटाङ जिल्ला घर भई सोही स्थान बस्ने ५५ वर्षिय स्कुटर चालक हरिप्रसाद भट्टराई घाइते भएक छन। घाइतेलाई उपचारकालागी सोही अस्पताल पठाइएको छ।

दुघटना पश्चात ट्याङ्कर चालक फरार भएकाले प्रहरीबाट खोजतलाश भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्