बिराटनगरबाट लागूऔषधसहित पक्राउ

बिराटनगरबाट लागूऔषधसहित पक्राउ

विराटनगर, भाद्र २१

मोरङ बिराटनगर २१ बाट सोमबार लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सुनसरी धरान-२२ का २५ वर्षिय किरण लोहागुन छन्।
उनलाई लागूऔषध नियन्त्रण ईकाई विराटनगरको टोलीले सोमबार साँझ विराटनगर भन्सार कार्यालयको ढाट नजिकबाट पक्राउ गरेको हो।

भारतीय बजारबाट आउदै गरेका उनको साथबाट लागूऔषध एभिल १०० एम्पुल, लुपिजेसीक १०० एम्पुल र डाईजोल्याब १०० एम्पुल बरामद भएको छ।

बरामद लागूऔषधसहित उनलाई इलाका प्रहरी कार्यालय रानीमा राखि अनुसन्धान शुरु गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्