दाङमा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण

दाङमा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण

सोमबार बस्नेतको कमान्डमा खटिएका चारजनाको प्रहरी टोलीमाथि लुकेर दाउराले प्रहार गरी अगाडि हिँडिरहेका सहायक निरीक्षक बस्नेतमाथि आक्रमण गरेका थिए । टाउकामा गम्भीर चोट लागी घाइते हुनुभएका बस्नेतको बुटवलमा उपचार भइरहेको बताएको छ ।

कुटपिटमा संलग्न लालमटिया–३ बस्ने सुनिल मल्ल, झपिन्द्र पाण्डे, शेरबहादुर विक, अमर खत्री र अनिल घर्ती फरार भएको प्रहरीले जनाएको छ । सोही समयमा शान्तिसुरक्षाका लागि ड्युटीमा खटाइएका प्रहरी चौकी सिसहनियाका सहायक निरीक्षक यज्ञमणि वैद्यमाथि पनि गोवरडिहा–४ बस्ने श्यामसिंह चौधरी र अम्रेश चौधरीले हातपात गर्न खोजेको र उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा पठाइएको प्रहरी निरीक्षक मदन केसीले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्