कृषकले तरकारी बालीमा मानव पिसाब प्रयोग गर्न थालेपछि उत्पादनमा वृद्धि

कृषकले तरकारी बालीमा मानव पिसाब प्रयोग गर्न थालेपछि उत्पादनमा वृद्धि

सोलुखुम्बु, छेस्काम गाविसमा कृषकले तरकारी बालीमा मानव पिसाब प्रयोग गर्न थालेपछि उत्पादनमा वृद्धि भएको छ ।

छेस्काम गाविसका करिब ७०० घरधुरीमा एकवर्ष अघिदेखि इकोसान पिसाब सङ्कलन गर्न मिल्ने चर्पी प्रयोगमा ल्याइएपछि सङ्कलित पिसाब तरकारीबालीमा प्रयोग गर्न थालिएको हो ।

शौचालयबाट सिधैँ ड्रममा सङ्कलन भएको पिसाब काउली, बन्दा, मुला, गाजर, गाँठगोभी लगायतका तरकारीबालीमा प्रयोग गर्न थालिएको स्थानीय कृषक छेस्काम– ३ का चन्द्रबहादुर राईले जानकारी दिनुभयो ।

खुल्ला दिशामुक्त अभियान अन्तर्गत ‘जि’ फाउन्डेसनको सहयोगमा सो गाविसका सबै घरधुरीमा इकोसान चर्पी बनाइएको हो । त्यस्तो चर्पीबाट सङ्कलन भएको पिसाबलाई गाविसका करिब ५०० घरधुरीका बासिन्दाले मलको रुपमा प्रयोग गर्ने गरेको ‘जी’ फाउन्डेसनका कर्मचारी प्रशान्त विकले जानकारी दिनुभयो ।

सुरुका दिनमा पिसाव सङ्कलन गरी प्रयोग गर्न स्थानीयवासीले घिन मान्ने तथा पिसाब प्रयोग गरेको तरकारी खान हुँदैन भन्ने सोचाइ रहेको भए पनि अहिले धेरैजसोले प्रयोग गर्न थालेको विकले बताउनुभयो । पिसाबको प्रयोगबाट मलको आवश्यकता पूर्ति हुनाका साथै उत्पादनमा समेत वृद्धि भएको कृषक शङ्कर राईले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्