विराटनगरमा दुइ दिने ज्येष्ठ नागरिक महोत्सवको आयोजना हुने

विराटनगरमा दुइ दिने ज्येष्ठ नागरिक महोत्सवको आयोजना हुने

बिनु तिम्सिना
बिराटनगर भदौ २२,
जेष्ठ नागरिकहरु जागरणका लागि राज्यलाई घच्घच्याउने उद्देश्यले विराटनगरमा दुइ दिने ज्येष्ठ नागरिक महोत्सवको आयोजना हुने भएको छ ।
अन्ताष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा आउँदो असोजमा मनमोहन स्मृति प्रतिष्ठानले सो महोत्सवको आयोजना गर्न लागेको हो । प्रतिष्ठानले आज विराटनगरमापत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुने र उहाले दिने समय अनुसार होत्सवको आयोजना गरिने जानकारी गराएको हो । महोत्सवमा एक नंम्बर प्रदेशमा पर्ने १४ जिल्लाबाट २ हजार ज्येष्ठ नागरिकहरुको सहभागिता रहने प्रतिष्ठानले जनाएको छ । महोत्समा एक नंम्बर प्रदेशमा रहेका ज्येष्ठ नागरिकहरुलाई भेला गराएर उनिहरुका समस्या, समस्या समाधानमा राज्य परिवार र समाजले खेल्नुपर्ने भुमिकाका विषयमा बृहद छलफल र अन्तकृया गरि सरकारलाई सुझाव दिइने जनाइएको छ । प्रतिष्ठानका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीले महोत्सवमा जेष्ठनागरिकहरुका हकमा काम गर्ने विभिन्न संघसंस्थाहरुसंग अन्तरक्रिया गर्ने र उनिहरुको राय सुझाव लिई विराटनगर घोषणापत्र जारी गरिने बताउनुभयो ।
महोत्सवको पहिलो दिन ज्येष्ठ नागरिकहरुमध्ये सबैभन्दावढी उमेरका ३ जना बृद्धा र ३ जना बृद्धलाई राष्ट्रपतिद्धारा दोसल्ला ओढाएर सम्मान गर्ने, मनोरञ्जन गराउने, अनुभव आदान प्रदान गराइने छ । भने दोश्रो दिन बृद्धबृद्धाहरुको क्षेत्रमा काम गर्ने संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरु संग बृहद छलफल तथा अन्तकृया गरिने जनाइएको छ । महोत्सवमा सहभागी हुने ज्येष्ठ नगरिकहरुको मोरङ जिल्ला र विराटनगरको हकमा अतिथि सदनमा केहि दिनभित्र सचिवालय स्थापना गरि नाम लेख्ने काम गरिने र प्रदेश नंम्बर १ मा पर्ने अन्य १३ जिल्लाका ज्येष्ठ नागरिकहरुले सोहि जिल्लामा सम्पर्क गरि नाम लेख्ने ब्यवस्था गरिने आयोजक समितिका सदस्य जीवन घिमिरेले जानकारी दिनुभयो । उहाँले नाम लेखाउने मध्ये समावेशी , समानुपातीक रुपमा महोत्सवमा सहभागी गराइने र सहभागी हुनेहरुलाई निःशुल्क आउने, जाने, बस्ने, खाने , विरामी भए उपचार गर्ने ब्यवस्था गरिएको बताउनुभयो । महोत्सव आयोजना प्रतिष्ठानले गरेपनि विराटनगर, इटहरी, धरान, दमक, विर्तामोड लगायतका उद्योग वाणिज्य संघ, उद्योगी , ब्यापारी, बृद्धाश्रम, समाजसेवीहरुले स्वेच्छिक रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाएको र इच्छुकहरुले सम्पर्क गर्न समेत प्रतिष्ठानले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्