अब युट्युबबाट नेपालको संसद बैंठक ‘लाइभ’ हुने

अब युट्युबबाट नेपालको संसद बैंठक ‘लाइभ’ हुने

व्यवस्थापिका संसदका हरेक बैठक अब युट्युबबाटै प्रत्यक्ष प्रसारण गर्ने गरी संसद सचिवालयले गृहकार्य अघि बढाएको छ ।‘पार्लियामेन्ट अफ नेपाल लाइभ’ मा गएर नेपालको संसदको प्रत्यक्ष प्रसारण हेर्न पाइने गरी संसद सचिवलायले गृहकार्य अघि बढाएको हो । यद्यपि, यसबारे अन्तिम निर्णय हुन भने बाँकी रहेको आजको राजधानी दैनिकमा समाचार छ ।

सभामुख ओनसरी घर्ती मगर, व्यवस्थापिका संसदका महासचिव मनोहरप्रसाद भट्टराई, सैसद सचिव हिलाल सुबेदी रु सोमबहादुर थापाको संयुक्त छलफलपछि बैठकको युट्युवमा लाइभ गर्ने निष्कर्ष निकालिएको स्रोतले बतायो ।व्यवस्थापिका संसदका हरेक बैठकको प्रतयक्ष प्रसारण युट्युवबाट गए मोफसलमा रहेका सञ्चारमाध्यमसमेत लाभाविन्वत हुने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्