नेपालको तराईमा “मधेस सरकार” शब्दले भम्र फैलाउँदै

नेपालको तराईमा “मधेस सरकार” शब्दले भम्र फैलाउँदै

उनी नेपाल प्रवेश गर्दा अचम्मित परे किनकि पहिले नेपाल प्रवेश गर्दा ‘नेपाल सरकार स्वागत गर्दछ’ भनेर लेखिएको थियो भने आज ‘मधेस सरकार आपका स्वागत करता है’ हेर्दा तिवारी छक्क परे ।

उनले मधेस सरकार लेखिएको देख्दा म कुन देश आएँ भन्दै यताउता सोध्न थाले । यो त प्रतिनिधि घटना मात्र हो । आजभोलि दैनिकजसो कृष्णनगर नाका हुँदै नेपाल भित्रने अधिकांश भारतीय नागरिक अलमल्ल पर्ने गरेको कृष्णनगरका हरिबोल गुप्ताले बताउनुभयो ।

गत वर्ष साउनदेखि चर्किएको मधेस अन्दोलनमा मधेसी दलका माग र नाराले अहिले भ्रम फैलिएको छ । कपिलवस्तुका प्रायः सबै सरकारी निकाय, चोक, चौराहामा मधेस सरकार र मधेसी दलका माग लेखिएको देख्न पाइन्छ ।

आन्दोलनका क्रममा मधेसी दलका नेता तथा कार्यकर्ताले नेपाल सरकार लेखिएको ठाउँमा मधेस सरकार लेखेका थिए । कपिलवस्तुमा रहेका गाविस भवन, स्वास्थ्यचौकी, अस्पताल, विद्यालय, विद्युत् प्राधिकरण, टेलिकमलगायत सङ्घसंस्थाका कार्यालय, चोकमा मधेस सरकार लेखिएको छ । मधेस सरकार लामो समयदेखि लेखिएकाले सेवा लिन आउने सेवाग्राहीसमेत साँच्चै नै मधेस सरकार भयो कि रु भन्दै कार्यालय प्रमुखसँग प्रश्न गर्ने गरेको कर्मचारी बताउँछन् ।

मधेस सरकार लेखिँदा कपिलवस्तुका बालबालिकामा समेत नकारात्मक असर पर्दै गएको छ । विभिन्न ठाउँमा लेखिएको ‘मधेस सरकार’ शब्दले गर्दा बालबालिकाले यो नेपाल सरकार हो कि मधेस सरकार भन्दै भ्रममा पर्नेगरेका छन् ।

आन्दोलनका क्रममा विभिन्न किसिमका प्रचार सामग्रीले गर्दा तराईमा नकारात्मक टीकाटिप्पणी हुन थालेका छन् । केही हप्ता पहिले सरकार र मधेसी मोर्चाबीच मधेसका समस्या समाधानका लागि तीनबुँदे सहमति भयो । तर अन्दोलनका क्रममा लेखिएका ‘मधेस सरकार’ लेखिएका होर्डिङ बोर्ड हटाउनेतर्फ कसैको ध्यान पुगेको छैन । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्