विराटनगरमा भएकाे हत्याकाे रहस्य यस्ताे रहेछ (तस्विरहरू सहित)

विराटनगरमा भएकाे हत्याकाे रहस्य यस्ताे रहेछ (तस्विरहरू सहित)

साेमबार राति विराटनगरकाे तिनटाेलियामा भएकाे हत्यामा संलग्न भनिएका तिनजना पक्राउ परेसँगै उक्त हत्याकाे थप रहस्य खुलेकाे छ ।  गए राति नेपाल-भारत सिमामा रहेकाे एक हाेटलमा लुकेकाे अवस्थामा पक्राउ परेकामा सिरहा प्रिपहाका सूर्यनारायण यादवका छोरा २२ बषिय राकेशकुमार यादव, सिरहा कै १७ बर्षिय कृष्णकुमार यादव र सप्तरीका १७ बर्षिय जीतेन्द्रकुमार शाह रहेकाे जनाइएकाे छ । तिनटाेलिया स्थित सिद्धार्थ मार्गमा रहेकाे अाेमकार श्रेष्ठकाे घरमा सुनसरी औराबनी ५ घर भइ विराटनगरमा अक्सफाेर्ड हाेस्टलका संचालक १९ बर्षिय विनोद यादवको हत्या भएकाे थियाे ।
अाज अपरान्ह जिल्ला प्रहरी कार्यालय माेरङमा पत्रकार सम्मेलन गर्दै प्रहरी उपरिक्षक सन्दिप भण्डारीले जानकारी गराए अनुसार पक्राउ परेका सबै विद्यार्थीहरू हुन् ।

घटनाको दाेषि पत्ता लगाउने अप्रेशनलाइ प्रहरी उपरिक्षक भण्डारी स्वयम् आफैले नेतृत्व गरेका थिए । घटनाको
अनुसन्धान गर्न पूर्व क्षेत्रीय प्रहरी कार्यालयको टोलीपनि परिचालन भएको जनाइएकाे छ । घटनास्थलमै फेला परेका १३ वर्षिय बालक मनाेज शाह पक्राउ परेका तिन अाराेपीहरू मध्येका एक जितेन्द्र शाहका भाइ रहेकाे र उनलाइ आफन्तको जिम्मा लगाउने तयारी भएको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट प्रहरीले घटनामा प्रयाेग भएकाे कट्टी, एक थान कटुवा पेस्तोल, मोवाइल सेट ८ थान, सिमकार्डहरु र रगत लागेको कपडाहरु बरामद गरेको छ । प्रहरी उपरिक्षक भण्डारीले विनोदलाई पहिले मारिएको र लाशलाई सहजै गायब पार्ने उद्धेश्यले टुक्रा पारिएको बताए । हत्याकाे कारण हाल नखुलेकाे भए पनि लेनदेन यसकाे कारण हुन सक्ने अाशंका गरिएकाे छ ।

biratnagar hatya ko press meet (5)biratnagar hatya ko press meet (2)biratnagar hatya ko press meet (3)biratnagar hatya ko press meet (4)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्