बृद्धाश्रममा सेवा गर्दै यि डाक्टर

बृद्धाश्रममा सेवा गर्दै यि डाक्टर

कोशी अन्चल अस्पतालमा कार्यरत डाक्टर हरु ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बिराटेश्वर बृद्धाश्रम मा स्वास्थ शिविर सन्चालन गरेका छन । फिजिसियन डाक्टर उत्तर कुमार मैनाली,चर्म छाला तथा यौन रोग विशेषज्ञ डा रबिन्द्र बास्कोटा , क्यान्सर रोग विशेषज्ञ डाक्टर रागिन कठेत को समुह ले वृद्ध बुबा हरु को स्वास्थ परिक्षण तथा औसधी बितरण समेत गरेको हो । उक्त शिविरमा प्रेसर सुगर छाला रोग कब्जियत लगायत बिरामी जाच ,गर्नु का साथै निशुल्क रुप मा ल्याब टेस्ट इसिजी ,तथा औषधि समेत बितरण गरिएको थियो । फेरि पनि आएर वृद्धाश्रम मा बिरामी जाच गरि निशुल्क रुप मा औसधि बितरण गरिने र यस्ता सेवाको काम गर्न पाउदा आफु लाइ सन्तुष्टि मिलेको उपचार मा सम्लग्न डा उत्तर कुमार मैनाली ले बताउनु भयो । उक्त शिविरको सम्योजन न्यु आस्था क्लिनिक बिराटनगर ले गरेको थियो भने औषधि बितरण भेगा फार्मास्युटिकल ले निशुल्क रुपमा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्