बिराटनगरमा अन्तर विद्यालय स्तरिय टेबल टेनिस प्रतियोगिता सम्पन्न

<span class='c1'>बिराटनगरमा अन्तर विद्यालय स्तरिय</span> <span class='c2'>टेबल टेनिस प्रतियोगिता सम्पन्न</span>

बिनु तिम्सिना
बिराटनगर भदौ २३ ,
जुनियर जेसिजको आयोजनाको आयोजनामा विराटनगरमा सोमबार देखि सुरु भएको १५ औं अन्तर विद्यालय स्तरिय टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ ।

विराटनगर स्थित कभर्डहलमा भएको प्रतियोगिताको फाइनल चरणको टिम इभेन्ट तर्फ सगरमाथा बोर्डिङ स्कुल प्रथम, युरुकिड्स स्कुल द्वतिय, डिपिएस र कोशी विद्या मन्दीर तृतिय भएको छ । त्यस्तै गल्स सिंगल तर्फ प्रीसा थापा प्रथम, केशर कामत द्वतिय, र अतिथि कार्की तेस्रो भए । भने जुनियर गल्र्स सिंगल तर्फ दिक्षा दाहाल प्रथम, मौनता दाहाल द्वतिय र सिल्पा सुवेदी तृतिय भए । त्यसैगरी ब्वाइज सिङ्गल तर्फ सिद्धार्थ तामाङ प्रथम, अविरल ढकाल द्वतिय र नवराज राइ तृतिय भए । भने जुनियर ब्वाइज सिङ्गल तर्फ महाविर चौधरी प्रथम, खुबलाल साह द्वतिय र प्रजन्य श्रेष्ठ तृतिय भए । प्रतियोगितामा मोरङको विराटनगर, झोराहाट, टंकी सिनवारी र सुनसरीको धरान र चतराका गरि जम्मा ३९ वटा संस्थागत विद्यालयहरुका २ सय ९१ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्