फोरम लोकतान्त्रिक विवाद उत्कर्षमा

फोरम लोकतान्त्रिक विवाद उत्कर्षमा

प्रविन दाहाल

काठमान्डौ भदौ २४ ,
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागिताको विषयलाई लिएर मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) को आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । उपाध्यक्ष जितेन्द्रनारायण देवलगायत केही आकांक्षीले मन्त्री बन्न अध्यक्ष विजयकुमार गच्छदारले नसघाए पार्टी फुटाउने धम्की दिएसँगै विवाद सतहमा आएको हो । गच्छदारले पार्टी्भित्र मन्त्री बन्ने आकांक्षीहरूले कृत्रिम विवाद खडा गरेको जिकिर गरका छन ।
प्रधानमन्त्री दाहालसँग दुई मन्त्री र दुई राज्यमन्त्री पठाउने समझदारी बने पनि मन्त्रालय टुंगो नलाग्दा ढिला हुन पुगेको गच्छदारले बताएका छन । उनले ओली सरकारमा सम्हालेकै मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएका छन् । ओली मन्त्रिपरिषद्मा उनले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र महासचिव रामजनम चौधरीले स्वास्थ्य मन्त्रालय पाएका थिए । यसपटक ती मन्त्रालयमा कांग्रेस नेता रमेश लेखक र गगन थापाले पाइसकेकाले दाहालले बाँकी मन्त्रालय रोज्न भन्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्