अन्तराष्ट्रिय पदक विजेता खेलाडि सम्मानित

अन्तराष्ट्रिय पदक विजेता खेलाडि सम्मानित

विराटनगर भदाै २५,
राज्यको सम्मान बहुमूल्य हुन्छ आफ्नो मेहनतले राज्यलाई चिनाउने खेलाडि जनताले बढी माया गर्ने खेलाडि सबै भन्दा अनुसाशित खेलाडि–सदस्य–सचिव बिष्ट राष्ट्रिय खेलकुद परिषदले अन्तराष्ट्रिय अन अफिसियल प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई नगद पुरस्कारले सम्मान गरेको छ । राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेण्डी शेर्पा सदस्य सचिव केशव कुमार बिष्टले खेलाडिलाई पुरस्कृत गर्नु भयो ।

सम्मान कार्यक्रममा खेलाडिलाई बधाई दिदै सदस्य–सचिव बिष्टले भन्नु भयो–खेलाडिले प्राप्त गरेको रकम तुलात्मक रुपमा सामान्य छ,तर राज्यले दिने सम्मान बहुमूल्य हुन्छ,खेलाडिलाई गौरम्बित बनाउछ । आफुले रोजेको बाटो ठिक रहेछ भन्ने सन्देश दिन्छ । जनताले सबैभन्दा बढी माया खेलाडिलाई गर्छन् भन्दै सदस्य–सचिव बिष्टले थप्नु भयो–खेलाडि शारिरिक र मानशिक रुपमा स्वस्थ्य र सवल हुन्छन् । सानै देखि नियम अनुसार चल्ने बानि भएकाले खेलाडि अनुशाषित हुन्छन् । अन्तर्राष्ट्रिय खेल जगतमा त खेलाडि सवै भन्दा धनि र पपुलर हुन्छन् ।

सदस्य–सचिव बिष्टले खेलाडिहरुलाई संकेत गदै भन्नुभयो–राज्यलाई चिनाउने अर्को माध्यम छैन् । अन्तर्राष्ट्रिय भूमिमा राज्यको झण्डा बोकेर हिड्ने अधिकार खेलाडि बाहेक अरुलाई छैन् । परिषद्ले अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीहरुलाई नगद २० हजार,प्रशंसा पत्र, रजत पदक प्राप्त गर्नेलाई नगद १५ हजार र प्रशंसा पत्र तथा त्यस्तै कास्य पदक प्राप्त खेलाडीलाई नगद १० हजार प्रशंसा पत्रबाट सम्मान गरको छ । आर्थिक बर्ष २०७२/७३ अन्तराष्ट्रिय प्रतियोगितामा ३५ जनाले स्वर्ण, ४२ जनाले रजत र ३२ जनाले कास्य पदक प्राप्त गर्न सफल भएका थिए । पदक बिजेतालाई परिषद्ले १६ लाख ५० हजार रुपैयाँ वितरण गरेको छ । सम्मानकै अवसरमा हालै भुटानमा आयोजित ५० औं एशियाली शारिरीक सुगठन च्याम्पियनसिमा स्वर्ण पदक प्राप्त गर्न खेलाडी महेश्वर महर्जनलाई सदस्य सचिव बिष्टले मायाको चिनाले सम्मान गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्