“पुष्पकमल दाहाल नेतृत्वको सरकार एकलौटी ढंगमा चल्न थाल्यो” – सुवासचन्द्र नेम्वाङ

“पुष्पकमल दाहाल नेतृत्वको सरकार एकलौटी ढंगमा चल्न थाल्यो” – सुवासचन्द्र नेम्वाङ

बिनु तिम्सिना
बिराटनगर भदौ २४ ,
नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार एकलौटी ढंगमा चल्न थालेको आरोप लगाउनु भएको छ ।

आज विराटनगर विमानस्थलमा संचारकर्मीहरुसंग कुराकानी गर्दै उहाँले वर्तमान सरकार संविधानको मान्यता विपरित एकलौटी ढंगबाट चल्न थालेको बताउनुभयो । हिजो प्रधानमन्त्रीले गरेको सम्वोधनमार्फत नयाँ नीति तथा कार्यक्रम ल्याइएको हो भने त्यो कुन संविधानको धारालाई टेकेर ल्याइएको हो प्रष्ट पार्न उहाँले सरकारलाई आग्रह समेत गर्नुभयो ।

पूर्व सभामुख समेत रहेका नेता नेम्वाङले सबै काम संविधान र कानुनद्वारा स्थापित मान्यता अनुरुप गर्न वर्तमान सरकारलाई सुझाव समेत दिनुभयो । उहाँले मधेसी मोर्चाले उठाएका मागलाई सम्बोधन गर्ने बहानामा देश र जनताको हित बिपरित संविधान संशोधन गर्न खोजिए आफुहरुलाई मान्य नहुने चेतावनी समेत दिनुभयो । मधेसी मोर्चाले उठाएको मागलाई छलफल र संवादमार्फत समाधान गर्नुपर्ने बताउँदै उहाँले सबै दलको सहमतिमा आवश्यकता अनुरुप देश र जनताको हितमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्