बेनी–जोमसोम सडकखण्ड बिग्रदा पर्यटक र स्याउ किसान सास्ती खेप्न बाध्य

बेनी–जोमसोम सडकखण्ड बिग्रदा पर्यटक र स्याउ किसान सास्ती खेप्न बाध्य

मुस्ताङ,  करिब ७६ किलोमिटर लामो बेनी–जोमसोम सडकखण्डको विभिन्न ठाउँमा खसेको पहिरोका कारण सवारी साधन सञ्चालनमा आउन नसक्दा पर्यटक र स्याउ किसान सास्ती खेप्न बाध्य भएका छन् ।

पर्यटक र किसानले सडक सञ्चालनका लागि सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन् । कागबेनीमा स्नान र मुक्तिनाथ मन्दिर दर्शन गर्न आउने भारतीय पर्यटक मारमा परेका छन भने किसानले सडक अवरुद्ध हुँदा स्याउ टिप्न सकेका छैनन् ।

एकहप्ता अघि बाढीले बेगखोला र तिब्ल्याङ क्षेत्रमा सडक बगाएको छ । गुइँठे र चमेरेलगायतका स्थानमा झरेको पहिरो हटाउन सकिएको छैन । अगुवा किसान आशबहादुर थकालीले स्याउ टिप्न नपाउँदा किसानले ठूलो नोक्सानी व्यहोर्नुपरेको बताउनुभयो ।

सडक अवरुद्ध हुँदा पैदल मार्गबाट आउने पर्यटक आउन नसकेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमका पर्यटन सहायक बेलबहादुर पुनले बताउनुभयो । “धेरैले भ्रमण स्थगित गरेका छन्,” उहाँले भन्नुभयो । सडक डिभिजन कार्यालय बागलुङले सबै स्थानमा डोजर प्रयोग गरेर सडक सञ्चालनको काम भइरहेको जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्