९० वर्ष कटेका विराटनगरवासीले मासिक १ हजार रूपैया पाउने

<span class='c1'>९० वर्ष कटेका विराटनगरवासीले मासिक</span> <span class='c2'>१ हजार रूपैया पाउने</span>

बिनु तिम्सिना
विराटनगर उपमहानगरपालिकाले चालु आर्थिक वर्षदेखि नगरका ९० वर्ष भन्दा माथि उमेर भएका सबै जेष्ठ नगरिकलाई मासिक १ हजार रुपैयाँ प्रदान गर्ने भएको छ ।

शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल प्रसाद रेग्मीले नगरभित्रका २२ वटै वडामा सचिवहरुलाइ जेष्ठ नागरिकको तथ्याङ्क शंकलन गर्न निर्देशन दिनुभयो । वृद्धवृद्धाहरु समाजको इतिहास भएको र उनीहरुको सम्मान गर्नुपर्छ भन्ने हेतुले नगर अभिभावक सम्मान कार्यक्रम अन्तरमतग मासिक १ हजार रुपैयाँ प्रदान गर्न लागिएको जनाएको छ । कार्यक्रममा बोल्दै कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले दशैं अगाडि नै भत्ता वितरण गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

नगरमा ९० वर्ष उमेर पुरा भएका करिव डेढसय नागरिक रहेको अनुमान उपमहानगरपालिकाले गरेको छ । सरकारले वितरण गर्दै आएको जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता लिनेहरुको नविकरण गर्दै गरेको उपमहानगरपालिकाले नविकरण भदौ मसान्तमा सम्पन्न हुने र त्यसपछि यकिन संख्या आउने जानकारी दिएको छ । उपमहानगरपालिकाले आर्थिक वर्षको जुन महिना वा दिनमा आफ्नो नागरिकता अनुसार ९० वर्ष पुरा भएको देखिन्छ सोहि दिन उपमहानगरपालिकामा निवेदन लिएर अभिभावक सम्मान वापतको रकम बुझ्न सकिने व्यवस्था गरेको छ । विराटनगर उपमहानगरपालिकाले सामाजिक सुरक्षाको क्षेत्रमा थप योगदान स्वरुप यो कार्यक्रम अघि बढाएको हो । परिक्षणकालागि अघिल्लो वर्ष एक सय वर्ष उमेर भएका नागरिकलाई सो रकम उपलव्ध गराउने कार्यक्रम बनाएको भएपनि कसैले त्यसकालागि निवेदन दिएका थिएनन् । सो उमेर समुहका व्यक्तिहरु नभएका कारण पनि माग नआएको हुनसक्ने भन्दै उपमहानगरपालिकाले यो वर्ष उमेर घटाएर ९० वर्ष उमेर भएकाहरुलाई अभिभावक सम्मान रकम को व्यवस्था गरेको हो । विराटनगर उपमहानगरपालिकाले सरकारले दिदै आएको समाजिक सुरक्षा भत्ताबाहेक स्थानीय निकायबाट यस्तो रकम दिने निर्णय गर्ने पहिलो उपमहानगरपालिका भएको दावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्