किरात याक्खा छुम्मा नगर कार्य समिति विराटनगरका पुुर्व सस्थापक अध्यक्षको निधन

<span class='c1'>किरात याक्खा छुम्मा नगर कार्य समिति</span> <span class='c2'>विराटनगरका पुुर्व सस्थापक अध्यक्षको निधन</span>

 

प्रेम देवान

विराटनगर २५ भदौ । किरात याक्खा छुम्मा नगर कार्य समिति विराटनगरका सस्थापक पुर्व अध्यक्ष श्रीबहादुर देवान राई (याक्खा ) को ह्दयघातका कारण असामायिक निधन भएको छ ।

विगत एक महिना देखी फोक्सोमा पानी जमेका कारण उहांको उपचार विपी कोईराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा शुक्रबार निधन भएको परीवार जनले जनाएको छ ।

भारतको दार्जेलिङ्ग गिङ्ग ग्यालङ्गटारमा सन् १९८४ मा उहांको जन्म भएको थियो । भारतको झारखण्ड राज्यमा करिव ४० वर्ष अर्ध सैनिकमा कार्यरत रही विगत लामो समय देखी विराटनगर १३ मा बस्दै आउनुभएका थियो । हाल उहांका धर्मपत्नीका साथमा दुई छोरा र दुई छोरीसंगै बस्दै आउनुभएको थियो । मृतक अध्यक्ष भारतीय टेलिभीजन जी टिभीमा प्रसारण हुने रियालीटी सो डान्स ईन्डिया डान्स (लिटल मास्टर) २०१२ की च्याम्पीयन सोमिया देवान राईको बाजे हुन् । उहांको दुई छोरा भारती सैनिकमा सेवारत भएका कारण छोराहरु शनिबार मात्र विराटनगर आएका कारण उहां शनिबार नै हाटखोलामा दागबक्ती दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्