विराटनगरमा घरजग्गा कर लिने नयाँ आधार सिफारिस

<span class='c1'>विराटनगरमा घरजग्गा कर लिने</span> <span class='c2'>नयाँ आधार सिफारिस</span>

बिनु तिम्सिना

बिराटनगर भदौ २५ ,

अर्थविद् डा. भेषप्रसाद धमलाको संयोजकत्वमा विराटनगर उपमहानगरपालिकाले गठन गरेको घरजग्गा कर सुझाव समितिले शनिवार घरजग्गा कर लिने नयाँ आधार सिफारिस गरेको छ । समितिले विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीलाई तीन बुँदे सुझाव सुझाव प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनको पहिलो बुँदामा आर्थिक वर्ष २०७२÷७३ मा अशुल गरेको कर रकममा १५ प्रतिशतमा नबढ्नेगरी कर वृद्धि गनुपर्ने सुझाव उल्ल्ेख गरिएको छ । त्यस्तै दोस्रो बुँदामा अव्यवहारिक तथा अवैज्ञानिक ढंगबाट बढाइएको घरजग्गा करको दरलाई सच्याउन स्थानीय विकास मन्त्रालयमा संयुक्त पहल गर्नुपर्ने सुझाव दिइएको छ । तेस्रो बुँदामा करको दायरामा आउन नसकेकालाइ करको दायरामा ल्याउनुपर्ने र करको दायरा बढाउनु पर्ने सुझाव दिइएको छ । समितिले अहिले घरजग्गा करको दायरामा आउनु पर्ने तर नआएका करिव २२ हजार घरधुरी रहेको भन्दै विशेष अभियान संचालन गर्न जोड दिएको हो । समितिले दिएको सुझावलाई विराटनगर उपमहानगरपालिकाले कानुन अनुसार कार्यान्वयन गर्ने कार्यकारी अधिकृत रेग्मीले बताउनुभयो ।

स्थानीय स्वायत्त शासन नियमावली २०५६ अघिल्लो वर्ष कार्तिक ९ गते भएको संशोधनले घरजग्गा करको दर निर्धारण गर्ने पुरानो मापदण्ड परिमार्जन गरेपछि विराटनगर उपमहानगरपालिकाले त्यसलाई कार्यान्वयनमा ल्याएको थियो । नयाँ मापदण्ड अनुसार घरजग्गा कर कार्यान्वयनमा ल्याउँदा साना करदाताहरुको रकम वृद्धि भएको तर ठूला करदाताहरुको भने समग्रमा ४० प्रतिशतसम्म घटेको थियो । सोही विषयलाई लिएर स्थानीय राजनीतिक दलहरु त्यसको विरोधमा उत्रिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्