वीरगन्ज उपमहानगरपालिका कार्यालयमा भएको कर्मचारी विच कुटाकुट घटनाको निश्पक्ष रुपमा छानविन हुनुपर्ने संघीय समाजवादी फोरम नेपालले माग गरेको छ । गत शुक्रबार कार्यालयका कार्यकारी अधिकृत विष्णु कोईराला र प्रशासकिय अधिकृत रामदयाल यादव विच कुटाकुट भएपनि कार्यालयका निर्दोष पियुन महादेव यादवलाई कुटपिट गर्ने विरुद्ध कारवाहीको माग गर्दै घटनाको निश्पक्ष छानविन गर्नुपर्ने माग फोरम नेपालले गरेको हो ।
फोरम नेपालका केन्द्रिय उपाध्यक्ष एव सभासद लालबाबु राउत गद्दीको नेतृत्वमा गएको टोलीले कार्यकारी अधिकृत कोईरालालाई भेट्न जादा कोईराला एका विहानै कार्यालय छोडी काठमाण्डौ हिडेपछि फोरम नेपालका नेता कार्यकर्ताहरु आक्रोशित बन्दै घटनाको निश्पक्ष छानविन गरी यथार्थ दोषीलाई कारवाहीको माग गरेका बताईएको छ ।