परराष्ट्रमन्त्री महत आज भारत जाँदै

परराष्ट्रमन्त्री महत आज भारत जाँदै

परराष्ट्रमन्त्री प्रकाशशरण महत आज भारत जाँदैछन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणको तयारीका लागि महत आज भारत जान लागेका हुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आगामि बिहीबारदेखि हुने भारत भ्रमणको एजेण्डा तथा भ्रमणको आवश्यक तयारीका लागि परराष्ट्रमन्त्री महत भारत जान लागेको श्रोतले बताएको छ । भ्रमणका विषयमाकतिपय महत्पूर्ण एजेण्डाका विष्यमा दुवै पक्षले कसरी लिने भन्ने विषयमा उनले भारतका उच्च अधिकारीसँग छलफल गर्ने जनाइएको छ ।
यसअघि प्रधानमन्त्री प्रचण्डको विशेष दूतका रुपमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भारत भ्रमणमा गएका थिए । सोही क्रममा प्रधानमन्त्री दाहलको भ्रमण मिति तय गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्