भारतिय महिला उद्यमीको निमन्त्रणामा भारत गएको नेपाली महिला उद्यम टोली नेपाल फर्कियो

<span class='c1'>भारतिय महिला उद्यमीको निमन्त्रणामा भारत गएको</span> <span class='c2'>नेपाली महिला उद्यम टोली नेपाल फर्कियो</span>

बिराटनगर भदौ २६ , भारतको बिहार राज्यस्थित पटना शहरका महिला उद्यमीहरुको निमन्त्रणामा बिहार गएको नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय महिला उद्यम समितिको टोली नेपाल फर्किएको छ ।

टोलीले नेपाल र भारतको बिहार राज्यको पर्यटन, शैक्षिक र सांस्कृतिक विकासका लागि एकआपसमा सहयोग गर्ने उद्देश्यले विभिन्न ९ बुंदे सहमति समेत गरेको छ । टोलीलाइ आज उद्योग संगठन मोरङले एक कार्यक्रमको आयोजना गर्दै स्वागत गरेको छ । कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय महिला उद्यम समितिकी सभापति शिवा उपाध्यायले बिहार तथा नेपालको महिला उद्यमशिलताको विकासका लागि भगिनी सम्बन्ध कायम गर्ने गरी विभिन्न ९ बुंदे सम्झौता गरिएको जानकारी दिनुभयो । दुवै देशमा उत्पादित वस्तेहरुलाइ दुवै देशमा प्रदर्शनि गरिने, नेपाल र बिहारको कृषि उद्योगको विकास, च्याउ र अकबरे खुुर्सानीलाइ प्रवद्र्धन गर्ने, उद्यमशिलता सम्बन्धी तालिम संचालन गर्ने, दुवै देशको पर्यटन उद्योगलाइ प्रवर्धन गर्ने, दुवै देशका हस्तकला, फेब्रीक, ढाका कपडा लगायत वस्तुहरुको बजार प्रवर्धन गर्ने लगायतका विषयमा सहमति भएको उहाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्