कक्षा १२ को परीक्षाफल सार्वजनिक

<span class='c1'>कक्षा १२ को</span> <span class='c2'>परीक्षाफल सार्वजनिक</span>

विराटनगर - भाद्र २७,
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक भएको नतिजामा नियमिततर्फ सहभागी एक लाख ७५ हजार पाँच सय ९३ जनामध्ये ८४ हजार सय ९३ जना पास भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। यो ४८.१७ प्रतिशत हो । त्यस्तै गरी परीक्षाको आंशिक तर्फ एक लाख २३ हजार १ सय २१ले परीक्षा दिएकोमा ४८ हजार ७ सय ६३ जना उत्तीर्ण भएको जनाइएको छ । यो ३९.५९ प्रतिशत हो। परीक्षामा एक विषयसम्म फेल भएकाको मौका परीक्षा कात्तिक ६ गते हुनेछ । गत बैशाख २० देखि सुरु भएको परीक्षामा नियमितमा ३८ र आंशिकमा ३६ जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्