प्रबिन दाहाल काठमाण्डौ ,
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार पार्टी फुटाउन खोज्नेहरुमाथि कारबाहि हुने भएको छ । पाटि फुटाउने हरुलाई निष्काशनसम्मको कारबाही गर्ने योजनामा नेताहरु देखिएका छन् । गच्छदारको पार्टी फुटाउने जितेन्द्र देव लगायतलाई कारबाही गर्दै पार्टी बाट निष्कासनको तयारी गरिएको श्रोतले बताएको छ । मुस्लिम समुदायको पर्व परेको र केही सांसद देशबाहिर रहेका कारण उनीहरूको अनुपस्थितिमा निर्णय गर्दा ‘उपयुक्त नहुने ठानेर’ तत्काल कदम नचालिएको बताईएको छ । जितेन्द्रनारायण देवको अगुवाईमा ‘सांसदहरूलाई लिएर पार्टी फुटाउनेसम्मको योजना सार्वजनिक भएको श्रोतले बताएको छ ।