अवतरण गर्ने क्रममा नेपाल एयरलाइन्सको जहाजको पाङ्ग्रा पड्कियो

अवतरण गर्ने क्रममा नेपाल एयरलाइन्सको जहाजको पाङ्ग्रा पड्कियो

भारतको नयाँ दिल्लीबाट काठमाण्डौं आएको नेपाल वायुसेवा निगमको जहाज अवतरण गर्ने क्रममा पाङग्रा ब्रस्ट भएको छ । अवतरण गरेर पहिलो नम्बरमा रहेको अल्फा ट्याक्सी–वेबाट पार्किङ–वेमा आउँदै गरेको बेला जहाजको पछाडिको बायाँतर्फको एउटा पाङ्ग्रा काम नलाग्ने गरी ब्रस्ट भएको हो ।
जहाज धावनमार्गलाई असर पर्ने गरी त्यही रोकिएको छ । धावनमार्गमा जहाज गुड्न नमिल्ने गरी निगमको एयरबस रोकिएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले १२ बजेर ५० मिनेट आसपासदेखि विमानस्थल बन्द गरिदिएको छ । लुम्बिनी नाम भएको यो जहाजको यात्रु क्षमता १ सय ५८ हो । जहाजका सबै सिटमा यात्रु रहेको बताएको छ । विमानमा रहेका सबै यात्रुहरु सुरक्षित छन् । विमानमा भारत भ्रमणबाट फर्किएका परराष्ट्रमन्त्री प्रकाशशरण महत समेत हुनुहुन्थ्यो ।
दिल्लीबाट क्याप्टेन विजय लामाले उडाएर ल्याएको यो विमान निगमले ०७२ बैसाख १८ गते जर्मनबाट ल्याएको दोस्रो एयरबस हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्