बिराटनगरका उच्च माविको नतिजा यस वर्ष पनि राम्रो

बिराटनगरका उच्च माविको नतिजा यस वर्ष पनि राम्रो

बिराटनगर भदौ २९ , शैक्षिक हब भनेर छुट्टै परिचय बनाउनेक्रममा रहेको बिराटनगरका उच्च माविको नतिजा यस वर्ष पनि उत्कृष्ट रहेको छ । व्यवस्थापन संकायको अध्यापन गराउदै आएको मेरिल्याण्ड कलेजले ९५.४९ प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल भएको छ । विगतको भन्दा राम्रो नतिजा ल्याउन सफल भएको कलेजले बताएको छ । ७४ जना विशिष्ट श्रेणी र ३ सय ८४ जनाले प्रथम श्रेणीमा परिक्षा उतिर्ण गरेको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिनुभयो ।त्यसैगरी बिराटनगर कै शिक्षादिप कलेजबाट पनि ९० प्रतिशत बिद्यार्थी उतिर्ण भएको कलेजको दाबी छ । ७ जना विशिष्ट सहित ७२ जनाले प्रथम श्रेणीमा उतिर्ण गरेका छन । त्यसतै बिराटनगर कै अर्किड उच्च माविले भने बिद्यार्थी रिशव खनालले बिराटनगर टप गरेको दाबीसमेत गरेको छ । खनालले ८७ प्रतिशत ल्याएको कलेजले जनाएको छ । यसका साथै बिराटनगरका अन्य कलेजको रिजल्ट पनि विगतको भन्दा उत्कृष्ट रहेको जानकारी कलेजहरुले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्