“कसैको रहर पुरा गर्न संविधानको संशोधन गर्न नमिल्ने” – माधब नेपाल

<span class='c1'>“कसैको रहर पुरा गर्न संविधानको संशोधन</span> <span class='c2'>गर्न नमिल्ने” – माधब नेपाल</span>

बिनु तिम्सिना

पूर्वप्रधानमन्त्री तथा एमाले बरिष्ठ नेता माधवकुमार नेपालले औचित्य पुष्टी नभइ कसैको रहर पुरा गर्न संविधानको संशोधन गर्न नमिल्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज संचारकर्मीहरुसंग कुरा गर्दै उहाले यस्तो बताउनुभएको हो । नेता नेपालले संविधान संशोधन गर्नुुपर्ने विषयमा एमालेलाइ कुनै जानकारी नआएको बताउनुभयो । उहाले संविधान संशोधनको विषयमा सरकार र मधेशवादी दलले कुनै एमालेसंग कुनै छलफल र बहस नगरेको बताउनुभयो ।

छिमेकी राष्ट्र भारतमा दुइ सय पटक सम्म संविधान संशोधन गरिएको उदाहरण दिदै उहाले संविधान संशोधन गर्न सकिन्छ तर त्यसको आवश्यकता सबैले महसुस गर्नुपर्ने बताउनुभयो । कुनै एउटा समुह र दलको रहरले संविधान शंसोधन नहुने बताउनुभयो । पार्टी अन्तर्गतको युवा किसान संघको भेलामा सहभागी हुन उहा विराटनगर आउनुभएको हो । एमाले पार्टी कार्यालय पाञ्चालीमा संघको भेला भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्