केही दिनदेखि सक्रिय रहेको मनसुन कमजोर हुँदै गएको मौसम पूर्वानुमान महाशाखाको भनाई छ । मनसुन कमजोर हुदै गएकाले अबको तीन दिनसम्म बिहान बेलुकीको मौसम बदलिएर हल्का पानी परेपनि दिउँसो भने मौसम खुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको ।
महाशाखाका अनुसार जलवाष्पयुक्त हावा बाँकी रहेकाले केही ठाउँमा पानी पर्नेछ । गएको राति काठमाडौं उपत्यकामा २३ दशमलव ६ मिलिमिटर पानी परेको उहाँले जानकारी दिनुभयो । अहिले देशभरी कै मौसम बदलिएको छ । बिहीबार पूर्व र पश्चिमको मौसम दिनभर नै बदली हुने अनुमान छ ।