सफ्ट्वेयर फ्रिडम डे विराटनगरमा मनाइने

<span class='c1'>सफ्ट्वेयर फ्रिडम डे</span> <span class='c2'>विराटनगरमा मनाइने</span>

हरेक वर्ष सेप्टेम्बर महिनाकाे तेस्राे शनिवार विश्व भर मनाइने सफ्ट्वेयर फ्रिडम डे विराटनगरमा पनि मनाइने भएकाे छ । क्यान फेडेरेशन माेरङकाे अायाेजनामा इस्टर्न कलेज अफ इन्जिनियरिङमा अायाेजना हुने उक्त कार्यक्रममा प्राविधि क्षेत्रका विद्यार्थी, जानकार तथा जिज्ञाशुहरूकाे उपस्थिति रहनेछन् ।

खुल्ला साेर्सकाेड भएका सफ्टवेयरहरूकाे प्रयाेग बारे जानकारी दिने उद्देश्यका साथ याे कार्यक्रम अायाेजना गर्न लागिएकाे क्यान माेरङका सदस्य इन्जिनियर पर्वत राज झाले बताए । उनले कार्यक्रममा खुल्ला सफ्टवेयरहरूकाे इन्सटलेसन, खुल्ला हार्डवेयरहरू रास्पेरी पाइ, अार्ड्युनाे तथा जिपिएस बारेकाे जानकारीलगायतका विषयवस्तु समेटिने जानकारी दिए । प्रवेश निशुल्क रहेकाे उक्त कार्यक्रमबारे थप जानकारी लिन कार्यक्रमकाे अाैपचारिक फेसबुक इभेन्ट हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्