विराटनगर - असोज १,
आज दिउँसोदेखि लगातार पानी परेपछि बिराटनगरका अधिकांश सडक तथा ठाउँ डुबानमा परेको छ । बिराटनगरका बर्गाछि , महेन्द्र चोक , रोडशेष चोक , कन्चनवारीका सबै सडक डुवानमा छन भने बिराटनगरको मुख्य बजारका पसल तथा घरहरुमा पानी भित्र पसेको छ । बिराटनगरको गुद्रि बजार पनि पुर्णरुपमा डुबेको खबर छ । बिराटनगरका सडक सानै वर्षाले पनि डुबाउने गरेकोमा आजको मुस्लधारे वर्षा पछि झनै डुबाएको छ । सडकमा पानी जमेपछि सवारीसाधनलाई हिड्न समस्या भएको छ ।