सप्तकोशी नदिमा डुङ्गा दुर्घटना, ३७ जनाको उद्दार ९ जना बेपत्ता

<span class='c1'>सप्तकोशी नदिमा डुङ्गा दुर्घटना, ३७</span> <span class='c2'>जनाको उद्दार ९ जना बेपत्ता</span>

सुनसरीको महेन्द्रनगर-५ स्थीत कोशी नदिमा प्रकाशपुरको श्रीलंका टापुबाट राजावास आउँदै गरेको डुङ्गा शनिबार दुर्घटना हुँदा ३७ जनाको उद्दार गरिएको छ भने अन्य ९ जना बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा सुनसरी महेन्द्रनगर ५ बस्ने गोल्छा झाको छोरी बर्ष ७ बर्षिया रेखा झा, गोल्छा झाकै बहिनी २५ बर्षिया मिना झा उनकी ३ बर्षिया छोरी पुजन झा, प्रकाशपुर ५ बस्ने अन्दाजी ४५ बर्षिया पार्वती चन्द्रबंशी, महेन्द्रनगर ५ बस्ने अन्दाजी ४० बर्षिया सकुन्तला चन्द्रबंशी, नाम नखुलेकी उनकै १२ बर्षिया छोरी, डुङगा चालक प्रकाशपुर ४ बस्ने अन्दाजी . ४५ बर्षिय तुफानी चन्द्रबंशी, सोही ठाउँकी अन्दाजी ३० बर्षिया सीता कबिरत र तत्काल नाम नखुलेकी महेन्द्रनगर ५ बस्ने पटवारी उराउको १४ बर्षिया छोरी रहेका छन्।

शनिबार दिउँसो करिब ११ बजे सप्तकोशी नदीमा पल्टिएको उक्त डुङ्गामा सवार १ वर्षे बालकसहित ३७ जनाको उद्धार गरिएको गरिएको सुनसरी प्रहरीले जनाएको छ। नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयबासी लगाएतको उद्दार टोलीबाट खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्