बृद्धाश्रममा बृद्ध आमाहरुको सेवामा खटिए कोशी अञ्चल अस्पतालका डाक्टर

<span class='c1'>बृद्धाश्रममा बृद्ध आमाहरुको सेवामा खटिए</span> <span class='c2'>कोशी अञ्चल अस्पतालका डाक्टर</span>

 

कोशी अन्चल अस्पतालमा कार्यरत डाक्टरहरुले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बिराटेश्वर बृद्धाश्रममा स्वास्थ शिविर सन्चालन गरेका छन । फिजिसियन डाक्टर उत्तर कुमार मैनाली,चर्म छाला तथा यौन रोग विशेषज्ञ डा रबिन्द्र बास्कोटा , क्यान्सर रोग विशेषज्ञ डाक्टर रागिन कठेतको समुह ले वृद्ध आमा हरु को स्वास्थ परिक्षण तथा औषधि बितरण गरेको हो । उक्त शिविरमा प्रेसर सुगर छाला रोग कब्जियत लगायत बिरामी जाच ,गर्नुका साथै निशुल्क रुपमा ल्याब टेस्ट इसिजी ,तथा औषधि समेत बितरण गरिएको थियो । बृद्धआमाहरुलाइ धेरै समस्या देखिएको हुदा आफुहरु वृद्धाश्रममा नियमित रुपमा स्वास्थ जाच गर्ने निचोडमा पुगेको उपचारमा सम्लग्न डाक्टर उत्तर कुमार मैनालीले बताउनुभयो । केहि समय अघि बृद्ध बुबाहरुको स्वास्थ जाच गरेका डाक्टरहरुले यस पटक आफ्नो सेवा बृद्ध आमाहरु रहेको स्थानमा केन्द्रित गरेका हुन । धेरैलाइ छाला सम्बन्धी सम्स्याका साथै सुगर र प्रेसरको बढी समस्या देखिएको र एक जना आमालाइ स्तनमा गिर्खा देखिएको र थप उपचारका लागी कोशी अञ्चल अस्पताल बोलाइएको क्यान्सर रोग विशेषज्ञ डाक्टर रागिन कठेतले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्