बिराटनगर असोज २ , बिराटनगरमा अत्याधुनिक ल्याब संचालनमा आएको छ । एसआरएल डाईगोनिष्ट ल्याबोटरी बिराटनगरस्थित कोशी अंचल अस्पताल अगाडी संचालनमा आएको हो । एसआरएलले नेपाल बाहेक अन्य देशहरुमा समेत आफ्नो शाखा संचालन गर्दै आएको छ । एसआरएलका अनुसार अब सामान्य देखि जटिल ल्याब परिक्षणको लागि काठमान्डौ तथा भारत जानु नपर्ने भएको छ। यस अघि नेपालमा काठमाण्डौमा एसआरएलको ल्याब रहेको थियो भने बिराटनगरमा यसको दोस्रो शाखा हो । हिजो एक कार्यक्रमका बीच ल्याबको उद्घाटन गरिएको थियो ।