कोशी अञ्चल अस्पतालमा पुगेर मन्त्री थापाले भने ” पैसा नभएर बिमारीले फर्किनु नपरोस्”

<span class='c1'>कोशी अञ्चल अस्पतालमा पुगेर मन्त्री थापाले भने</span> <span class='c2'>” पैसा नभएर बिमारीले फर्किनु नपरोस्”</span>

बिराटनगर असोज ३ , स्वास्थ्य मन्त्री गगन थापाले आइतबार बिराटनगर स्थित कोशी अञ्चल अस्पतालको अवलोकन गरेका छन् । अस्पतालको अवलोकन गर्दै मन्त्री थापाले आफू कोशी अञ्चल अस्पतालको सुधार गर्न सबै सहयोग गर्न तयार रहेको बताए । उनले ठुला व्यापारहरु बसोबास गर्ने बिराटनगर सहरको अञ्चल अस्पताल सुधार गर्न व्यापारीहरु पनि अघि बढ्नुपर्ने बताए । राजनीतिक दललाई चन्दा दिनुभन्दा अस्पताललाई सहयोग गर्न पनि मन्त्री थापाले आग्रह गरे । उनले पैसाको अभाव भएर कुनैपनि बिमारीले अस्पतालबाट फर्कनु नपरोस् भनी कर्मचारीलाई अन्तरक्रियाका क्रममा बताए । स्वास्थ्य सेवा सरकारले दिनुपर्ने भन्दै अस्पतालमा आएका बिमारीलाई फर्काउनु नहुने बताए । साथै उनले अस्पतालमा केही सुधार तत्काल गर्नुपर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्