बिराटनगर असोज ३ , थारु समुदायको महत्त्वपूर्ण चाड जितिया थारु महिला सभा मोरङले आन्दोलनकै रुपमा मनाउने बताएको छ । आइतबार बिराटनगरमा पत्रकार सम्मेलन गर्दै थारु समुदायको हक र अधिकारको माग गर्दै जितिया पर्व मनाउने बताएको थियो । जितया पर्वलाई सम्बोधन गर्न आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष राजकुमार लेखी लगायतका नेताहरू आउने जानकारी दिएको छ ।