कोशी बहुमुखी क्याम्पस बिराटनगरमा प्रहरीको चेतनामुलक कार्यक्रम

<span class='c1'>कोशी बहुमुखी क्याम्पस बिराटनगरमा</span> <span class='c2'>प्रहरीको चेतनामुलक कार्यक्रम</span>

विराटनगर, असोज ३ ,

विराटनगर-३ स्थित कोशी बहुमुखी क्याम्पसमा पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानीले चेतनामुलक कार्यक्रम आयोजना गरेको छ।

“प्रहरी मेरो साथी” अभियान अन्तरगत नागरिक-प्रहरी हातेमालो (P2H2) कार्यक्रम अनुरुप सो प्रशिक्षणको आयोजना गरिएको हो। प्रशिक्षणबाट सो कलेजको कक्षा ११ र १२ मा अध्ययनरत ३६ जना छात्र/छात्राहरुले लागूऔषध दुर्व्यसनी, ओसार पसार, घरेलु तथा महिला हिंसा, ट्राफिक नियम उल्लघन, INTERNET & CYBER CRIME लगायतका विषयमाहरुमा विधमान कानूनी व्यवस्था बारे जानकारी पाएका छन्।

कार्यक्रमलाई क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक कृष्ण कुमारी अधिकारी, प्रहरी जवानहरु ओम राज पौडेले सहजीकरण गरेका थिए ।

अन्तरकृयात्मक विधीद्वारा दिइएको सो प्रशिक्षणकाक्रममा चेतनामुलक भिडियोसमेत प्रदर्शन गरिएको थियो। कार्यक्रमको अन्त्यमा क्याम्पस प्रमुख मनिष सोनीले प्रहरीलाई धन्यवाद दिदै आगामी दिनमा समेत यस्तै कार्यक्रमको अपेक्षा गरेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्