प्रबिन दाहाल
काठमाण्डौ ,
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गए राति ४ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको छ । राति १० बजेर ५७ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । १३ दिन अघि दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको थियो ।
पोहोर वैशाख १२ गतेको भूकम्पपछि अहिलेसम्म पनि परकम्प आइरहेको छ । अहिलेसम्म ४ रेक्टर स्केल माथिका चार सय ६९ वटा परकम्प गइसकेको छ ।