जितिया पर्वको पुर्वसंध्यामा विराटनगरमा जीतिया पर्व समारोह २०७३ सम्पन्न

<span class='c1'>जितिया पर्वको पुर्वसंध्यामा विराटनगरमा जीतिया</span> <span class='c2'>पर्व समारोह २०७३ सम्पन्न</span>

जितिया पर्वको पुर्वसंध्यामा विराटनगरमा जीतिया पर्व समारोह २०७३ सम्पन्न भएको छ ।

सद्भावना महिला मञ्च एवम् पुर्वाञ्चल मैथिली जन साँस्कृतिक मञ्च विराटनगरको संयुक्त आयोजनामा विराटनगरको पञ्चमुखी हनुमान मन्दिरको छेउमा जीतिया पर्व समारोह २०७३ सम्पन्न भएको हो । सदभावनाका केन्द्रिय सदस्य दिलिप धडेवाको प्रमुख्य आतिथ्य एवम् बलीउडका कलाकार नाफे खानको विशिष्ट आतिथ्यतामा सम्पन्न जीतिया समारोहमा स्थानिय कलाकार , कवि तथा गायकहरुले ,मैथिली एवम् राष्ट्रिय भाषामा गीत, नृत्य, कविता एवम् कला प्रस्तुत गरेका छन् । कार्यक्रममा सहभागीहरुले दहेज प्रथाको अन्त्य एवम् चेलीछोरी भ्रुण हत्याको नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए । सोहि अवसरमा आशावादी कला केन्द्रकी संस्थापक माँया पौडेललाई उहाँले मैथिली भाषाको लागीे गरेको योगदानको कदर गर्दै सम्मान पत्रले अतिथी धडेवाले सम्मान गर्नुभयो । कार्यक्रममा मैथिली सेवा समितीका उपाध्यक्ष फुल कुमार देव, संघीय समाजवादी फोरम नेपालका जिल्ला सदस्य एवम् मैथिली गायिका प्रिती झा, मैथिली गायक विरेन्द्र झा, मनोज यादव,सन्जु कुमार खंग, मैथिली चलचित्र डायरेक्टर राजु चौधरी, भानुकला केन्द्रका प्रेम सुनाम, प्रचण्ड पौडेल, राकेश रोशन यादव, पुनम कर्ण, आशा झा, वन्दना चौधरी ,रन्जु पौदार लगायतको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्